Logo

८ मंसिर,वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले मधेश प्रदेश केवल राजनीतिक फाइदा लिने अखडा मात्रै बनेको जिकीर गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीले वीरगञ्जको होटल क्लासिक राखेको भेटघाट कार्यक्रममा अध्यक्ष लामिछानेले यस्तो जिकीर गरेका हुन् ।

उनका अनुसार मधेशलाई लुट्ने सिलसिला अझै जारी नै छ, रोकिएको छैन । उनी भन्छन्,‘मधेश त केवल नेता बनाउँने कारखाना हो, मधेशले धेरै नेता जन्माएको छ । तर त्यसको उपलब्धि अहिलेसम्म मधेशले पाएको छैन । त्यसकारण मधेश बनाउँन पहिला यहाँको बन्द कल कारखाना सञ्चालनमा ल्याउनुपर्छ ।’

कृषि औजार कारखानालाइ मात्रै सञ्चालनमा ल्याउन सकियो भने मधेशको कायापलट हुन्छ,’ उनले भने ।
उनका अनुसार रास्वपाले यही सब समस्यालाई मध्यनजर गरेर समाधान गर्नका लागि आफ्नो योजनाहरु तयार पारेको छ ।

उनी भन्छन्,‘एकपटक हाम्रो पार्टीको बहुमतको सरकार बन्नु पर्छ, मधेशसहित देशकै कायापलट गर्छौ । किनकी, हाम्रो केही स्वार्थ छैन, त्यसकारण मधेशले अब सोचेर आफ्नो बाटो तय गर्नुपर्छ ।’

राजनीतिकलाई हामी पेशा बनाउँन नआएको उनको भनाइ छ । देशभित्रको भ्रष्ट्रचार र राजनीतिक रोटी सेक्नेहरुको हिसाब मिलाउनको लागि आफ्नो पार्टीको जन्म भएको अध्यक्ष लामिछानेले जनाए ।

उनले भने,‘देशको अर्थतन्त्र नै डमाडोल छ, सबैतिर समस्या छन् । बीरगन्जकोे अर्थतन्त्र पनि यसको चपेटामा परेको छ । हामी अर्थतन्त्रलाई बलियो बनाएर अगाडि बढ्ने योजनाका साथ आएका छौं । त्यसकारण तपाइहरु हामीलाई सहयोग गर्नुहोस ।’

 


सम्बन्धित समाचार