Logo

८ मंसिर,पोखरिया। शिक्षक अभाव र समयमा तलब नपाउँदा पर्साका दुई वटा विद्यालयमा कक्षा ११ र १२ को पठनपाठन बन्द भएको छ । पर्साको छिपहरमाई गाउँपालिकाको वडा नम्बर २ सम्भौतामा रहेको नवगावा माद्यमिक विद्यालय चरगाँहामा कक्षा ११ र १२ को कक्षा बन्द भएको छ ।

शिक्षकले तलब नपाएपछि मंसिर ५ गतेदेखि शिक्षा र प्राविधिक तर्फको कक्षा बन्द भएको हो । कक्षा ११ र १२ मा पढाउँदै आएका शिक्षकहरुले ८ महिनादेखि तलब नपाएका कारण अध्ययन अध्यापन गराउन छाडेका हुन् ।

शिक्षकहरुले तलब नपाएपछि आफुहरु पढाउन नसक्ने वताएपछि कक्षा बन्द गरिएको विद्यालयका प्रधानाध्यापक अमिन मियाँले वताउनुभयो । उहाँका अनुसार कक्षा ११ र १२ मा पढाउँदै आएका शिक्षकहरु यस बर्षको दशैं र तिहारमा समेत पारिश्रमिक पाएका छैनन् ।

लामो समय सम्म पारिश्रमिक नपाएपछि शिक्षकहरु अध्यापन गराउन छाडेका हुन् ।

यसैगरी छिपहरमाई गाउँपालिका कै वडा नं. ५ मा रहेको श्री मंगल मावि भिस्वाको कक्षा ११ र १२ को पठनपाठन पनि बन्द भएको छ । शिक्षक अभाव कै कारण मंसिर ५ गतेदेखि कक्षा ११ र १२ को पठनपाठन बन्द भएको हो ।

छिपहरमाई गाउँपालिका कै वडा नं. १ मा रहेको श्री महादेव माद्यमिक विद्यालयमा पठनपाठन सुचारुको माग गर्दै विद्यार्थीहरु विद्यालयमा तालाबन्दी गरेका छन् । शिक्षक अभावका कारण २०८० कार्तिक १२ गतेदेखि विद्यालयमा माध्यमिक तहको पठनपाठन अवरुद्ध भएको थियो ।

माध्यमिक तहका शिक्षक नहुँदा लामो समय सम्म कक्षा ६ देखि १० सम्मका पठनपाठन अवरुद्ध भएपछि बाध्य भएर तालबन्दी गर्नु परेको विद्यार्थीहरुले बताएका छन् ।

 


सम्बन्धित समाचार