Logo

बारा ०८ मंशिर । लायन्स क्लब अफ सिमरा जागरणले शुक्रबार उत्प्रेरणामुलक प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।

व्यावसायिक क्षेत्रमा पछिल्लो समय देखिएको आर्थिक समस्यालाई लक्षित गर्दै लायन्स क्लबले कार्यक्रमको आयोजना गरेको लायन्स क्लब अफ सिमरा जागरणका अध्यक्ष युवराज पौडेल (शिव) ले जानकारी दिनुभयो ।

वर्तमान आर्थिक अवस्थाका कारण ब्यापार व्यवसायमा परेको प्रभाव, सिर्जनशिलता र व्यावसायिक दक्षता अभिवृद्धिबाट समस्या न्युनिकरण विषयक उत्प्रेरणामूलक प्रशिक्षणको आयोजना गरेको हो ।

जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरास्थित होटल सिमरा ईनमा आयोजित कार्यक्रममा पूर्व बैंकर अनिल केशरी मुख्य वक्ताको रुपमा उपस्थित भएका थिए । कार्यक्रममा पूर्व बैंकर केशरीले व्यावसायिक क्षेत्रले भोग्नुपरेको आर्थिक समस्या, सुरक्षित लगानीको वातावरण, युवा उद्यमशिलतालगायतका विषयमा आफ्ना भनाई राखेका थिए ।

लायन्स क्लब अफ सिमरा जागरणका अध्यक्ष युवराज पौडेल (शिव) को अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाको उपप्रमुख भोलाप्रसाद अधिकारीले गरेका थिए ।


सम्बन्धित समाचार