Logo

९ मंसिर,वीरगञ्ज । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणको आइतबार हुने खेलमा वीरगञ्ज युनाइटेड एफसी र धनगढी एफसी भिडने भएका छन ।

आइतबार दुबै साढे ५ बजे दशरथ रंगशालामा प्रतिस्पर्धा गर्ने भएका हुन् ।शुक्रबार देखि सुरु भएको लिगको उद्घाटन खेलमा अहिले साबिक विजेता काठमाडौं रेजर्स र नवप्रवेशी टोली स्पोर्टिङ इलाम भिडेका थिए ।

उद्घाटन खेलमा काठमाडौं रेजर्सले नवप्रवेशी टोली स्पोर्टिङ इलामलाई १–० ले निराश बनायो । यो जितसँगै उसले स्पष्ट तीन अंक हासिल गरेको छ ।

यसपटक इलामसँगै वीरगञ्ज युनाइटेड एफसी र झापा एफसी नयाँ टोली हुन् ।कुल ४० खेल हुने प्रतियोगितामा काठमाडौं, धनगढी, इलाम, झापा, वीरगञ्जसहित एफसी चितवन, बुटवल लुम्बिनी, पोखरा थन्डर्स र ललितपुर सिटी एफसी सहभागी छन् ।


सम्बन्धित समाचार