Logo

९ मंसिर,वीरगञ्ज । पर्साको जीराभवानी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।

जीराभवानी वडा नम्बर ४ परसवा टोलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अर्का तीनजना घाइते भएको प्रहरीले जनाएको हो ।

मृत्यु हुनेमा जगरनाथपुर गाउँपालिका वडा नम्बर १ का प्रदीप महतो रहेका छन् भने घाइते हुनेहरुतर्फ प्रेम ठाकुर, भट्टराई महतो नुनिया र अर्को एकजनाको भने नाम खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कुमार विक्रम थापाले जानकारी दिए ।

पिडारीगुठीबाट सेढवातर्फ आइरहेको बिआर २२ एबी १५४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पोलमा ठोक्किदा दुर्घटना भएको प्रहरी प्रवक्ता थापाले बताए ।

३ जनामध्ये २ जना गम्भीर घाइते रहेको प्रहरी भनाइ छ । प्रहरीका अनुसार ती दुबै जना गम्भीर घाइतेहरुको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइते भएका उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार