Logo

९ मंसिर,वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिकामा एकजना शिक्षक मृत अवस्थामा फेला परेका छन् । हिजो साँझ सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ मा शिक्षक मृत अवस्थामा फेला परेका हुन् ।

नगरपालिका वडा नम्बर ९ नयाँ बजारको पुर्वपर्टीमा शिक्षक नरेन्द्र पराजुली मृत अवस्थामा फेला परेको बारा प्रहरीले जनाएको छ ।
शिक्षक पराजुली सिम्रौनगढ नगरपालिका वडा न–८ मा रहेको श्री नेपाल राष्ट्रिय आधारभुत प्राथमिक बिद्यालय कचोर्वामा कार्यरत रहेको बारा प्रहीका प्रवक्ता दधीराम न्यौपानेले जनाए ।

उनका अनुसार अत्याधिक मादक पदार्थ सेवन भएको कारण मृत्यु भएको हुन सक्ने प्रहरी अनुमान छ । तर त्यसको बाबजुद पनि शिक्षक पराजुलीको के कारणले मृत्यु भएको हो त्यसको छानविन भइरहेको प्रहरी प्रवक्ता न्यौपानेले बताए ।

उनको शव पोष्टमार्टमका लागि प्रदेशिक अस्पताल कलैयामा राखिएको छ । सिन्धुपाल्चोक घर भएका शिक्षक पराजुली चैत्र महिनामा बिद्यालयमा हाजिर भई कामकाज गर्दै आएका थिए ।

सिम्रौनगढ नगरपालिकामा अहिलेसम्म नगर परिषद बैठक बस्न सकेको छैन । नगरपरिषद् बैठक बस्न नसक्दा शिक्षकहरुले बिगत ४ महिनादेखि तलब भत्ता नपाएको कारणले गर्दा मृतक शिक्षक पराजुली मानसिक तनावमा रहँदै आएको स्थानियहरुको भनाई छ ।

स्थायी, अस्थायी, करार, ज्यालादारी कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी समेतले दशैमा समेत तलब खान पाएका छैनन ।
छठ बितिसक्दा पनि तलब कहिले खुवाउने भने अन्यौल कायमै रहेको छ भने शिक्षक कर्मचारी ३९ दिन देखि दैनिक धर्ना दिदै आएका छन् ।


सम्बन्धित समाचार