Logo

९ मंसिर,वीरगञ्ज । ट्राफिक प्रहरी कार्यालय पर्साले स्कुले विद्यार्थीहरुमाझ सचेतनामूलक कार्यक्रमको थालनी गरेको छ ।
बीरगन्जको, बीरगन्ज पब्लिक कलेज (बीपीसी) मा ट्राफिक नियम सम्बन्धी जानकारीसहित सचेतना जगाइएको ट्राफिक प्रहरीले जनाएको हो ।

ट्राफिक नियमबारे विद्यार्थीहरुमा चेतना अभिवृद्धि गराएर हुने सवारी दुर्घटना कम गराउन उद्देश्यले जनचेतनामूलक अभियान ल्याइएको ट्राफिक प्रहरी प्रमुख भास्कर खतिवडाले बताए ।

उनका अनुसार अहिलेदेखि नै विद्यार्थीहरुलाई ट्राफिक नियमबारे जानकारी दिइयो भने ट्राफिक समस्या कम हुनेछ । जसकारण दुर्घटनामा न्यूनीकरण हुनेछ,’ उनको दाबी छ ।

पर्सामा ट्राफिक प्रहरीको नियम उल्लंघन गर्ने चलन झै छ । ट्राफिक नियम उल्लंघन गर्दा यहाँ सान झै मानिन्छ, तर यही सानका कारण धेरैको अकालमै मृत्यु हुने गरेको पाइन्छ ।

त्यसकारण ट्राफिक नियमको पालना गराएर अकालमै मृत्यु हुनेबाट जोगाउँनका लागि पर्सामा ट्राफिक प्रहरीले सचेतना कार्यक्रमको सुरुवात गरेको बताइएको छ ।

पर्सा ट्राफिक प्रहरीले जिल्लाको स्कुलमाहरुमा विद्यार्थीहरुलाई पढाउने रणनीति अन्तगर्त अहिले सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।
त्यसअन्तर्गत ट्राफिक नियक पालना गर्दा हुने फाइदा बेफाइदा, नगर्दा हुने क्षति तथा कसरी ट्राफिक समस्या समाधान गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिने गरिएको ट्राफिक प्रहरी प्रमुख खतिवडाको भनाइ छ ।

उनका अनुसार यो अभियान वर्षभरिका लागि सुरु गरिएको छ । बीरगन्जका विद्यालयहरुलाई लक्षित गरी यो अभियान सञ्चालन भइरहेको उनी बताउँछन् ।


सम्बन्धित समाचार