Logo

९ मंसिर,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. ८ मा रहेको सुनौलो बचत तथा ऋण सहकारी सस्थांको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सस्ंथाको १३ औँ वार्षिक साधारण सभा वीरगञ्जमा सम्पन्न भएको हो । सस्ंथाका अध्यक्ष सुरेश प्रसाद कोेइरीको सभापतित्वमा सम्पन्न कार्याक्रमका प्रमुख अतिथि नेफस्कुनका सञ्चालक एवम् लालीगुरासँ साकोसका अध्यक्ष हरेराम प्रसाद हुनुहुन्थ्यो ।

कार्याक्रममा सस्ंथाका लेखा समिति संयोजक कृष्ण प्रसाद साह सोनारले आर्थिक वर्षको ९ करोड ६० लाख ७४ हजार ९६ रुपैँया ७६ पैसा बराबरको आयव्यय प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमको संचालन साकोस प्रबन्धक रामजनम महतो चौधरीले गर्नुभएको थियो ।


सम्बन्धित समाचार