Logo

फाइल तस्बिर

९ मंसिर,वीरगञ्ज । दृष्टि आँखा अस्पताल तथा रेटिना सेन्टर वीरगञ्जको आयोजनामा निशुल्क शिविर सम्पन्न भएको छ ।

पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं. २ बेल्वास्थित थारु सेवा सदनमा निशुल्क आँखा, नाक, कान घाटी चेकजाँच समबनिध शिविर सम्पन्न भएको हो ।

शिविरमा ५५ जनाले नाक, कान, घाटीको निशुल्क जाँच गराएका थिए । भने १ सय १८ जनाको आँखाको चेकजाच गरिएको थियो । उनीहरुलाई निशुल्क औषधी वितरण गरिएको बताइएको छ ।

शिविरमा दृष्टि आँखा अस्पतालका विशेषज्ञ डा. मुकेश यादव र डा. प्रभात शर्माले बिरामीहरुको निशुलक जाँच गर्नुभएको थियो ।

शिविरमा दृष्टि आँखा अस्पतालका अध्यक्ष विश्वराज गौतम, सचिव रैजु साह, डा. स्मृती चौधरी लगायतको उपस्थिती रहेको थियो ।


सम्बन्धित समाचार