Logo

१० मंसिर,वीरगञ्ज । नेपाल सुपर लिग (एनएसएल) मा आज एउटा खेल हुँदैछ । आज बेलुका साढे ५ बजे नवप्रवेशी टोली वीरगञ्ज युनाइटेड एफसी र गएको संस्करणको उपविजेता धनगढी एफसी खेल्ने छन् ।

खेल दशरथ रङ्गशालामा हुनेछ । अस्तिदेखि शुरु भएको एनएसएलमा साविक विजेता काठमाण्डौ रेजर्स, ललितपुर सिटी एफसी र पोखरा थन्डर्सले विजयी शुरुवात गरेका छन् ।

उनीहरुको तीन अङ्क छ । एनएसएलको दोस्रो संस्करणमा ९ टोली सहभागी छन् ।


सम्बन्धित समाचार