Logo

१० मंसिर, वीरगञ्ज । राष्ट्र बैंकको गलत नीतिका कारण मधेसका नाकाबाट अवैध रुपमा चाँदीका गर–गहनाको चोरी पैठारी बढेको छ । मधेसका नाकाबाट भित्रिएको चाँदीका गहना देशका विभिन्न शहरका विक्रिवितरण भइरहेको सूनचाँदीको कारोवारीहरुले बताउछन् ।

स्रोतका अनुसार तीन बर्षअघि बार्षिक १ लाख ६७ हजार किलो चाँदी भंसारमा राजश्व तिरेर नेपाल भित्रिएको थियो । तर गत बर्ष २८ हजार किलो चाँदी मात्र बैधानीक मार्ग हुदै नेपाल भित्रिएको भंसार कार्यालयको तथ्यांकबाट प्रष्ट हुन्छ ।

सुनचाँदीको कारोवार गर्ने व्यवसायीहरुको भनाई अनुसार नेपालमा बार्षिक रुपमा न्यूनतम २ लाख किलो चाँदीको कारोवार हुन्छ । सरकारले दुई बर्षदेखि चाँदीको आयातमा नियन्त्रण गरेपछि नेपाली बजारमा भारतबाट अवैध मार्ग हुदै चाँदीका तयारी गरगहना र कच्चामाल भित्रिने गरेको व्यवसायीहरुको भनाई छ ।

नेपाल राष्ट्र बैकले समेत चाँदीको पैठारीमा कोटा प्रणाली लगाउदै नियन्त्रण गरेको कारण चोरी तस्करी हुदै नेपाली बजारमा आउने गरेको व्यवसायीहरुको गुनासो छ । नेपाल राष्ट्र बैकले ६० हजार डलर बरावरको चाँदी एकपटकमा आयात गर्न पाउँने नीति बनाएको छ ।

राज्यको संरक्षणमा चाँदी तस्करी ?

खुला सीमानाकाको फाइदा उठाउदै तस्करहरुले ठूलो परिमाणमा अवैधरुपमा चाँदीको तस्करी गर्दै आएका छन् । राज्यका विभिन्न निकायको संरक्षणमा अवैध मार्ग भएर चाँदी आउने गरेको व्यवसायीहरुको भनाई छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र राजश्व अनुसन्धान विभागका कर्मचारीको संरक्षणमा चोरी तस्करी बढन थालेको हो । नेपालमा चाँदीका गरगहना देखि विभिन्न डिजाइनका समान बनाउने कारखाना छैन । अहिले व्यवसायीहरुले भारतबाट चाँदीका तयारी गरगहना अवैध मार्ग हुदै ल्याउने गरेका छन् ।

चाँदीका गहना चोरी मार्ग हुदै नेपाल भित्रिएको सूचना राज्यका विभिन्न निकायलाई छ तर उसले रोक्न चाहदैन् । वीरगञ्जका एक व्यवसायीका अनुसार प्रहरीकै संरक्षणमा चाँदी भारतका विभिन्न नाकाबाट नेपाल आउने गरेको छ ।

बार्षिक २ अर्ब राजश्व घाटा

नेपाल राष्ट्र बैकले कुनै एउटा आयातकर्ताले एकपटकमा ६० हजार अमेरिकी डलर वा सो बराबरको अन्य विदेशी मुद«ाको सटही सुविधा लिनेगरी चाँदी आयात गर्न पाउँने व्यवस्था गरेको छ ।
जसले गर्दा एउटा आयातकर्ताले प्रति पटक जम्मा ६० के.जी. सम्म आयात गर्न सक्नेछ । नेपालमा चाँदी आयातकर्ताहरुको सँख्या ७ देखि ९ सम्म रहेको छ । जसले गर्दा अहिलेको माग अनुसारको चाँदी आयात हुन नसकेकोले धेरै चाँदीका गरगहना र सजावटका सामानहरु बनाउने उद्योग तथा कारखानाले नियम विपरित विभिन्न विचौलियाहरुबाट चाँदी किन्न बाध्य भएको बताउदै आएका छन् ।

बजारको माग अनुसार चाँदी वैधानीक मार्ग भएर आउन नसक्दा राज्यलाई बार्षिक २ अर्ब राजश्व घाटा भएको छ । सरकारको नीतिले अहिले बार्षिक २८ हजार किलो मात्र नेपालमा चाँदी आउने गरेको छ । जवकी नेपालको बजारमा अहिले पनि चाँदीको माग बार्षिक झण्डै डेढ लाख किलो छ ।

तस्करीमा सुनचाँदी संघका पदाधिकारी संलग्न

व्यवसायीक हितका लागि काम गर्ने उदेश्यले बनेका सुनचाँदी व्यवसायीका पदाधिकारीहरु सुन र चाँदीको तस्करीमा संलग्न हुनेगरेको साना व्यवसायीहरुको आरोप छ । संघका पदाधिकारीहरु नै नेपालबाट भारत तर्फ सुन र भारतबाट नेपालमा अवैध मार्ग भएर चाँदीका गरगहना एवं चाँदीबाट बनेका समान ल्याउने गरेको आरोप साना व्यवसायीहरुको छ ।

सरकारले चाँदी पैठारीमा नियन्त्रण गरेपछि वीरगञ्ज देखि विराटनगर सम्मका व्यवसायीहरुले अहिले बजारमा अवैध रुपमा भित्र्याइएको चाँदीका गरगहना विक्रि गर्दै आएका छन् । पर्सा सुनचाँदी व्यवसायी संघका अध्यक्ष समेत रहेका न्यू अभिषेक ज्वेयलर्सका संचालक भूलन सोनारको नाउँ सुनचाँदीको चोरी तस्करीमा आउने गरेको छ ।

संघका अध्यक्षहरुले सुनचाँदी साना व्यवसायीलाई दिने नियम बनाइएकोले पनि उनीहरुले अवैध मार्गबाट माल झिकाएर व्यवसायीहरुलाई वितरण गर्दै आएको एक व्यवसायीले बताए । भूलनले नेपालबाट भारत तर्फ सुन तस्करी गराउने र भारतबाट चाँदी ल्याउने गरेको आरोप उनीमाथि छ । तर उनले भने सरकारले चाँदी आयातमा नियन्त्रण गरेकोले चोरी मार्गभएर सुन चाँदीको कारोवार हुने गरेको बताउछन् ।

समाचार स्रोतका अनुसार सुनचाँदीको कारोवारमा वीरगञ्ज देखि विराटनगर सम्मका ३ दर्जन व्यवसायी प्रहरीको निगरानीमा छन् । वीरगञ्जका सुनचाँदी व्यवसायी अभिषेक सरार्फको नाउँ समेत चर्चामा छ । अभिषेक स्वर्ण रेफ्रेनरी कम्प्युटर प्राली, आर्दश स्वर्णकला केन्द्र, माँ बैष्णवी ज्वेलर्स, सरार्पm ज्वेलर्स उद्योग, श्री प्रभुराम ज्वेलर्स र विशाल स्वर्णकला केन्द्रको नाउँबाट अभिषेकले कारोवार गर्ने गरेको स्रोतको भनाई छ ।

त्यसैगरी वीरगञ्जका शंकर साह सोनारले सिवी ज्वेलर्स र शिवम् ज्वेलर्स, वीरगञ्जकै सन्दीप सरार्फले माँ दुर्ग ज्वेलर्स, माँ लक्ष्मी ज्वेलर्स, आर एण्ड सन्र्स र आरके बुलियन प्रालि मार्फत भएको कारोवारलाई समेत प्रहरीले निगरानी गरेको स्रोतको भनाई छ ।

वीरगञ्जका प्रदीप एण्ड सन्स ज्वेलर्सका संचालक रविन्द्र साह सोनार र केपी स्वर्णकला केन्द्रका संचालक कन्हैया साह सोनारको नाउँ समेत अवैध सुनको कारोवारीको लिष्ट रहेको छ । कन्हैया साह सोनार यसअघि पटक पटक प्रहरी र राजश्व अनुसन्धान कार्यालयले पक्रउ गरेर कार्वाहीमा परेका व्यवसायी हुन ।

जनकपुरका सुनचाँदी व्यवसायी धिरज साह, सञ्जय साह सोनार, दीपेन्द्र साह र प्रदीप साह सोनारको नाउँ सुनचाँदीको अवैध कारोवारमा संलग्न रहने व्यवसायीको सूचिमा रहेको स्रोतको भनाई छ ।
जनकपुरका धिरज साहले डिएस इन्टरनेशनल, जनकपुर गोल्ड सप, न्यू शिवगंगा ज्वेलर्सको नाउँबाट कारोवार गर्दै आइरहेको प्रहरी स्रोतको भनाई छ । जनकपुरकै संजय साह सोनारले दिना ज्वेलर्स, माला ज्वेलर्स र श्री ज्वेलर्स कम्पनीको नाउँबाट सुनचाँदीको अवैध कारोवार गर्दै आइरहेको स्रोतले जनाएको छ ।

त्यसैगरी जनकपुरका दीपेन्द्र साहले लक्ष्मी दीप टेड्रस, सिन्जीनी मार्कन्डीस, श्री शुभांग इन्टरनेशनल र सुन्दर ज्वेलर्स प्रालीको नाउँमा सुनचाँदीको कारोवार गर्दै आएका छन् । प्रदीप साह सोनारले लिला ज्वेलर्स र श्री जानकी ज्वेलर्सका नाउँमा कारोवार गर्दै आएको बुझिएको छ ।


सम्बन्धित समाचार