Logo

१० मंसिर, वीरगञ्ज ।   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय पदाधिकारीहरुको तीन दिने बैठक भोलीदेखि मधेश प्रदेशमा सुरु गर्न लागिएको छ ।

केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक सोमबारदेखि महोत्तरीको जलेश्वरमा सुरु हुने भएको हो । रास्वपाको बैठक मंसिर ११, १२ र १३ गते गरी तीन दिनसम्म चल्ने छ ।

बैठकमा पार्टीका प्रदेश सभापतिहरुको पनि सहभागिता रहने महासचिव मुकुल ढकालले जानकारी दिए ।

बैठकमा विभिन्न आयोग तथा प्रदेशहरूबाट सांगठनिक एवं राजनीतिक प्रतिवेदन, पार्टीको आर्थिक प्रतिवेदन, महाधिवेशन विधि र पार्टीको समग्र राजनीतिक रोडम्यापको नीतिका बारेमा छलफल एवं आवश्यक निर्णयहरू लिने तयारी रहेको रास्वपाले जनाएको छ ।


सम्बन्धित समाचार