Logo

१० मंसिर, वीरगञ्ज । पर्साको जीराभवानी गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा परि मृत्यु हुनेको सङख्या दुईजना पुगेको छ ।

जीराभवानीमा गत शुक्रबार राती भएको मोटरसाइकल दुर्घटनाका दुईजना गम्भिर घाइते मध्ये थप एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा जगरनाथपुर गाउँपालिका वडा नं। १ पिपरडाढी बस्ने सुर्देव महतोका २२ वर्षीय छोरा भट्टराई महतो नुनियाँ रहेका छन् ।

शुक्रबार राती पिडारीगुठीबाट सेढवातर्फ आइरहेको बिआर २२ एबी १५४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पोलमा ठोक्किएको थियो । यसअघि जगरनाथपुर १ का प्रदिप महताको घटनास्थलमै मृत्यु भएको थियो ।

अर्का एकजना युवकको भने एलएस न्यूरो अस्पताल परवानीपुरमा उपचार भइरहेको छ ।


सम्बन्धित समाचार