Logo

११ मंसरि,वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आजदेखि महोत्तरीमा सुरु भएको छ ।

सोमबार (आज) देखि १३ गते अर्थात् (तीन दिन) सम्म चल्ने बैठकले पार्टीको आगामी रणनीति र राजनीतिक मार्गचित्र (रोडम्याप) तय गर्ने रास्वपाका महामन्त्री मुकुल ढकालको भनाइ छ ।

उनका अनुसार तीन दिनसम्म चल्ने बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र प्रदेशहरूबाट सांगठनिक एवं राजनीतिक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछन् ।

यसको साथै संसदीय कार्यको समीक्षा तथा महाधिवेशनको विधिबारे पनि बैठकमा छलफल हुने छ । महोत्तरीको जलेश्वरमा बस्ने बैठकमा प्रदेश सभापति र इन्चार्जहरुलाई आमन्त्रित सदस्यका रूपमा बोलाइएको छ ।

रास्वपाका नेताका अनुसार वडाभन्दा माथिल्लो तहको अधिवेशनको विधि यो बैठकले टुंगो लगाउनेछ । वडाको अधिवेशन भने सुरु भइसकेको छ । यसैगरी मंसिर पहिलो साता सन्चालन गरिएको घरदैलो कार्यक्रमको समीक्षा पनि हुने रास्वपाले जनाएको छ ।


सम्बन्धित समाचार