Logo

११ मंसिर,पर्सागढि । पर्साको पर्सागढि नगरपालिकासहित ग्रामीण भेगको उत्तरी क्षेत्रमा रहेका अधिकांस सामुदायिक विद्यालयमा पठनपाठन ठप्प छ ।

पर्साको पाँच स्थानको शक्तिपिठहरुमा लागेको मेलाको कारण प्रधानाध्यापकहरुले नै विद्यालयमा पठनपाठन ठप्प पारेका हुन् ।
पर्सागढि नगरपालिका वडा नं. १ र ३ मा रहेको कोईलाभारमाई र आमोदेवीमाई, पटेर्वासुगौली गाउँपालिकाको वडा न १ को गादीमाई, जीराभवानी वडा नं. ५ को सुगिभारमाई, ठोरीको वडा नं. ५ स्थित बाघमोर्चामाईमा एकसाथ मेला सुरु भएको छ ।

बिना सूचना यी पालिकाका अधिकांस सामुदायिक विद्यालयमा अघोषित रुपले पठनपाठन ठप्प पारिएको हो ।
पर्सागढि, पटेर्वासुगौली, जिराभवानी, ठोरीका सामुदायिक विद्यालयका अधिकांस शिक्षकहरु अनुपस्थित छन भने केही शिक्षकहरु हाजिर मात्र गरेर घर फर्किने गरेका छन् ।

यसरी विद्यालयहरुले मनोमानी गर्दा समेत नियमनकारी निकाय तथा स्थानीय पालिकाहरु मौन रहेका छन् ।
मेलाकै कारण विद्यार्थीहरु नै विद्यालयको पठनपाठन ठप्प पारिएको नाम उल्लेख नगर्ने शर्तमा एक प्रधानाध्यापकले जानकारी दिए ।

पर्सागढि नगरपालिकाका नगरप्रमुख गोकर्ण पाठकले मेलाका कारण पर्सागढीका सम्पुर्ण विद्यालयहरु बन्द नरहेपनि केहि सामुदायिक विद्यालयमा भने पठनपाठन बन्द रहेको स्विकारे ।

स्थानीय शिक्षा ऐनमा विशेष कारणले प्रधानाध्यापकहरुले विद्यालय बन्द गर्न पाउने नियम रहेको उल्लेख गर्दै मेयर पाठकले सोही बमोजिम विद्यालय बन्द गरिएको जनाए ।

 


सम्बन्धित समाचार