Logo

१२ मंसिर,वीरगञ्ज । नारायणी यातायात व्यवस्था कार्यालय, बिरगंजमा नेपाल बीमा प्राधिकरण, मधेस प्रदेशले बोर्ड लगाएको छ ।

यातायात कार्यालयमा बीमाको महत्व र फाइदा सम्बन्धी चेतना जगाउन र बीमालाइ उपेक्षा गर्ने परिपाटीलाई निरुत्साहित गर्न बोर्ड लगाईएको प्राधिकरणकी मधेस प्रदेशका प्रमुख कुसुम शर्माले जानकारी दिनुभयो ।

कार्यक्रमलाई थप प्रभावकारी बनाउन कार्यालय परिसरमै एक बोर्ड समेत स्थापना गरिएको छ । यातायात कार्यालयका प्रमुख र प्राधिकरणका मधेस प्रमुखद्वारा संयुक्त रुपमा उदघाटन गरिएको थियो ।

शर्माकै सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा यातायात कार्यालयका प्रमुख लगायत अन्य अधिकृतहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा मधेस प्रदेशका सबै निर्जिवन बीमा कम्पनीका क्षेत्रीय प्रबन्धकहरु, शाखा प्रमुखहरु लगायत कर्मचारीहरुको बाक्लो सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार