Logo

१२ मंसिर,बारा । जुनी–जुनी साथी मानिने श्रीमान–श्रीमतीको सम्बन्ध आधुनिकतासँगै कमजोर हुँदै बारामा सम्बन्ध बिच्छेदका घट्नाहरु बढेका छन् ।

जिल्ला अदालत बारामा गत आर्थिक बर्ष २०७९/०८० मा १ सय १८ मुद्धा सम्बन्ध बिच्छेदको दर्ता थिए ।

जसमा ५३ जनाको गत आर्थिक बर्षमा सम्बन्ध बिच्छेद भयो भने ६५ वटा सम्बन्ध बिच्छेदका मुद्धाहरु चालु आर्थिक बर्ष २०८०/०८१ कोलागि हस्तान्तरण भएको जिल्ला अदालत बाराका रजिष्ट्रार लाल बहादुर कार्कीले जानकारी दिनुभयो ।

चालु आर्थिक बर्षमा थप ७२ वटा सम्बन्ध बिच्छेदका मुद्धाहरु थपिए भने ४१ वटा मुद्धाहरु फर्स्यौट भएका छन् । जिल्ला अदालत बारामा मंशिर ११ गते सम्ममा ९६ वटा सम्बन्ध बिच्छेदका मुद्धाहरु कार्बाहीको क्रममा रहेका छन् भने गत आर्थिक बर्ष र चालु आर्थिक बर्षमा १ सय ८० सम्बन्ध बिच्छेदका मुद्धा मात्र दर्ता भएको देखिन्छ ।

सम्बन्ध बिच्छेदको मुख्य कारणमा बैदेशिक रोजगारी र आन्तरिक कलह नै मुख्य कारण रहेको जिल्ला अदालत बाराले जनाएको छ । व्यक्तिगत र घरायसी सामान्य कारण देखाएर सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गर्ने गरे पनि प्रमुख कारण भने बैदेशिक रोजगारी र आन्तरिक कलह रहेको देखिएको छ।

‘कुटपिट गरेको, खानलाउन नदिएको, मतलब नगरेको, घर व्यवहार नसम्हालेको, छोडेर हिडेको जस्ता फम्र्याटमा मुद्दा दर्ता हुने गरेको जिल्ला अदालत बारा रजिष्ट्रार कार्कीले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार