![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/11/shreeniwas.gif?fit=1024%2C768&ssl=1)
१२ मंसिर,काठमाडौँ । दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानअन्तर्गतको आन्दोलनमा पक्राउ परेका आचार्य श्रनिवासलाई मुद्दा चलाउने तयारी भएको छ ।
काठमाडौँ प्रहरी परिसर स्रोतका अनुसार श्रीनिवासलाई सार्वजनिक शान्तिविरुद्धको कसूरअन्तर्गत अदालतबाट म्याद थपको तयारी भइरहेको छ ।
त्रिशूलसहित सडकमा निस्किएका उनलाई उग्र अभिव्यक्ति दिएर उत्तेजना फैलाएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रसाईँको आव्हानमा हिजो गौशालामा धार्मिक अभियन्तासहितको जुलुश निकालिएको थियो ।
त्यसमा आचार्य श्रीनिवास पनि सहभागी भएका थिए । श्रीनिवासले सडकमै सुतेर विरोध जनाएका थिए ।प्रहरीले सोमबार मात्र दुर्गा प्रसाईँ समर्थित १५ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ । त्यसअघि बल्खु प्रदर्शनमा पक्राउ परेका ६ जना पनि प्रहरी हिरासतमा छन् ।