Logo

मंसिर १२, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको नृरसिंह माध्यमिक विद्यालयमा आज छुरा प्रहार भएको छ । विद्यालयको कक्षा १० मा पढ्ने विद्यार्थीमाथि छुरा प्रहारको गरिएको पर्सा प्रहरीले जनाएको छ ।

विद्यालयको कक्षा १० मा अध्ययनरत महम्मद फिरोज आलममाथि कक्षा ९ मा अध्ययनरत अनुराग यादवले छुरा प्रहार गरेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक धर्मजंङ थिङले जनाए ।

घाइते आलम कालिकामाइ गाउँपालिका वडा नम्बर १ निवासी अग्रीम आलमका छोरा हुन् भने छुरा प्रहार गर्ने सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर २ निवासी हुन् ।

उनका अनुसार पुरानो रिसइवीका कारण यादवले आलममाथि छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । बीरगन्जको तराइ अस्पतालमा घाइते आलमको उपचार भइरहेको प्रहरी बताउँछ ।

छुरा प्रहार गर्ने यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना बिषयमा प्रहरीले अनुसन्धान भईरहेको जनाएको छ ।

 


सम्बन्धित समाचार