Logo

१२ मंसिर,वीरगञ्ज । वीरगञ्जको नृसिंह माध्यमिक विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थी फिरोज आलमलाई छुरा प्रहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आलमलाई छुरा प्रहार गरेको आरोपमा प्रहरीले अनुराग यादवलाई नियन्त्रणमा लिएको हो ।

उनलाई जिल्ला समन्वय समिति अगाडिबाट पक्राउ गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक धर्मजंग थिङले जानकारी दिनुभयो ।

यादव सोही विद्यालयमा कक्षा ९ मा अधययनरत विद्यार्थी हुन् । उनले आज दिउँसो विद्यालय परिसरमै आलमलाई छुरा प्रहार गरि फरार भएका थिए ।


सम्बन्धित समाचार