Logo

१२ मंसिर,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा गठित जनप्रतिनिधि तथा कर्मचारीहरुको विभिन्न समितिहरु आज खारेज गरिएको छ ।

महानगरपालिकाका मेयर राजेशमान सिंहको हस्ताक्षरमा एक विज्ञप्ति जारी गर्दै विभिन्न समयमा गठित समितिहरु आजैको मितिदेखि खारेजी भएको जनाइएको हो ।

मेयर सिंहको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ– ‘वीरगञ्ज महानगरपालिका अन्तर्गत कर्मचारी तथा जनप्रतिनिधिहरुको सहभागितामा विभिन्न समितिहरु गठन भएको थियो, त्यो सबै समितिहरु आजैको मितिदेखि लागू हुने गरी खारेज गरिएको व्यवहोरा जानकारी गराइन्छ ।’

वीरगञ्ज महानगरपालिकामा कर्मचारी तथ जनप्रतिनिधिहरुको सहभागितामा १७ वटा समितिहरु गठन भएको थियो ।


सम्बन्धित समाचार