Logo

१२ मंसिर,निजगढ । बारामा सार्वजनिक माध्यमिक विद्यालयले विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध गरेको छ ।

निजगढ नगरपालिका वडा नम्बर ५ बाधदेवमा रहेका माविले सूचना जारी गर्दै जङ्क फुड निषेधको जानकारी गराएको हो । विद्यालय व्यवस्थापन समितिको मंसिर ७ शुक्रबारको दिन बसेको बैठले उक्त निर्णय गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्ग गौतमले बताए ।

अध्यक्ष गौतमका अनुसार विद्यालयमा चाउचाउ, चटपटे, विस्कुट, चकलेट लगायतका नेपाल सरकारले निषेध गरेको बालबालिकाको खाजाहरुमा विद्यालयले मंसिर १३ गते भोली बुधबार देखि जङ्क फुड प्रयोगमा पूर्ण निषेध गरेको हो ।

अध्यक्ष गौतमले विद्यालयमा तयारी प्याकेजिङ्ग खाजा निषेध निर्णय गरेको हुनाले सम्पुर्ण विद्यार्थिका अभिभवकहरुलाई आफ्नो बालबालिकाको साथमा कुनै पनि जङ्क फुड नपठाउन अभिभावक वर्गमा अनुरोध समेत गरेको छ ।

“जङ्क फुड हटाऔं, आफ्नो स्वास्थ्य बचाऔ” अभियानलाई सहयोगगरि दिनुहुन सम्पुर्ण अभिभावकलाई अध्यक्ष गौतमले आव्हान गरेको छ ।


सम्बन्धित समाचार