Logo

१३ मंसिर,वीरगञ्ज ।  प्रहरीले भन्सार छलीका सामाग्री लोड रहेको आशंकामा एउटा ट्रक नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिका–१४ गण्डक चोकबाट ना.६ ख ४९४० नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।

बिल विजक भन्दा बढी खुद्रा, लत्ता कपडा तथा औषधि लगायतका सामानहरू बोकेको ट्रक वीरगञ्जबाट काठमाडौ तर्फ गइरहेको सूचनाको आधारमा जिल्ला पर्साबाट खटिएको प्रहरी टोलीले जाँचका लागि रोकेको थियो ।

सोही क्रममा ट्रकमा लोड रहेका सामानको विल बिजक शंकास्पद देखिएपछि नियन्त्रणमा लिइएको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारबिक्रम थापाले जानकारी दिए ।

ट्रकमा ६० लाख ७९ हजार १४० रुपैयाँ बराबरको खुद्रा सामाग्रीहरू फेला परेको उनले बताए ।

बरामद गरिएको सामानसहितको ट्रक आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


सम्बन्धित समाचार