![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/11/rastriya-sabha-2080-7-16_qnTUYjg7Fe.jpeg?fit=1138%2C580&ssl=1)
१३ मंसिर,काठमाडौं । राष्ट्रिय सभाका रिक्त सदस्यको निर्वाचन आगामी माघ ११ गते गर्ने निर्णय सरकारले गरेको छ।
बुधबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाका रिक्त सदस्यको निर्वाचन दुई महिनापछि गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
निर्वाचन आयोगसँगको परामर्शपछि सरकारले निर्वाचनको मिति घोषणा गरेको हो।राष्ट्रिय सभामा आगामी फागुन २० गतेदेखि २० जना सदस्यको म्याद सकिँदैछ।
जसमा एमालेका ८, कांग्रेस ४, माओवादीका ३, जसपाका १, एकीकृत समाजवादीका २ र स्वतन्त्र २ (खिमलाल देवकोटा र डा.विमला पौडेल) को रिक्त हुने पदमा नयाँ सदस्यको लागि निर्वाचन गर्न लागिएको हो। राष्ट्रिय सभामा ६ वर्षको कार्यकालको चिठ्ठा पारेकाहरुको रिक्त हुन लागेको पदमा निर्वाचन हुन लागेको हो।