Logo

१३ मंसिर,बारा । बाराको कोल्हबी नगरपालिका–१ बटौलियामा ट्याक्टरबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ ।

ना.५ त ४६७५ नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ट्याक्टर धनी ६५ वर्षीय नारायण चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रयाक्टरबाट लडेर गम्भीर घाइते भएका उनको एनएमसी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार