Logo

१४ मंसिर,बारा । बाराको सिमरास्थित बिमानस्थल आसपास जनताहरुलाई प्रदुषणयुक्त क्रियाकलाप नगर्न आग्रह गरिएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ मा रहेको बिमानस्थल आसपासमा धुँवा जन्य कामसहित फोहर नगर्नसमेत अनुरोध गरिएको हो ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ को वडा कार्यालयले बुधबार यस्तो अनुरोध गरेको हो ।

बिमानस्थल वरिपरि धुवाँ जन्य क्रियाकलाप र चरा चुरुङ्गी साथै जनावर आकर्षित हुने गरी फोहोर तथा फोहर जन्य पदार्थ जथाभाबी नफाल्न वडा वडाअध्यक्ष हिरा बहादुर गुरुङले आग्रह गरेका हुन् ।

उनका अनुसार सिमरा नागरिक उड्डयन कार्यालय सिमराबाट प्राप्त भएको पत्रलाई मध्यनजर गरी वडा कार्यालयले यस्तो अनुरोध गरेको हो ।


सम्बन्धित समाचार