Logo

१४ मंसिर पर्सागढि । पर्सा प्रहरीले बालुवा तस्करी गरी ल्याउँदै गरेको अवस्थामा एउटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।

पटेर्वासुगौली गाउँपालिका वडा नंं. ०५ देउरियाबाट ना ७ त ६११८ नम्बरको ट्रयाक्टर पर्सा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

खोलाको ठेक्का भएपछि बालुवा लोड गरेर जिल्लाका अन्यत्र ठाउँमा पु¥याउने नियम छ । तर अहिले ठेक्का नहुँदै बालुवाको तस्करी हुन थालेपछि पर्सा प्रहरीले त्यसमा सक्रियता अपनाउँदै समाउने अभियान चलाएको जनाएको छ ।

यहीक्रममा तस्कर समूहले आज बालुवा लोड गरी निचुटातर्फ ल्याउँदै गरेको अवस्थामा उक्त ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको बताएको हो ।
ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली प्रहरी निरिक्षक रामराजा केशरीको नेतृत्वमा खटिएको टोलीले ट्रयाक्टर पक्राउ गरेको हो ।

सबै अनुसन्धान पूरा भएपछि कानुन बमोजिम कारबाही गर्ने प्रहरीको तयारी छ ।

 

 


सम्बन्धित समाचार