Logo

१४ मंसिर पर्सागढि । पर्साको जीराभवानी गाउँपालिका १ मा लगाइएको अवैध गाँजा खेती प्रहरीले नष्ट पारेको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सेढवा र प्रहरी चौकी महादेवपट्टीको संयुक्त प्रहरी टोलीले एक कट्ठा खेतमा लगाइएको लागुऔषध गाँजा खेती फडानी गरेको हो ।

यसैगरि ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली र रङ्गपुर प्रहरी चौकिको सयुंक्त टोलीले पटेर्वासुगौली वडा नं. २ बेलवामा १० धुर क्षेत्रफलमा लगाइएको गाँजा खेति नष्ट पारेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिनुभयो ।

प्रहरीले गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजी कार्य जारी राखेको उहाँले बताउनुभयो । गाँजा खेती गर्नेहरुलाई कानुन बमोजिम कारवाही गरिने उहाँको भनाइ छ ।

यसअघि हिजो पनि पर्साको ठोरी गाउँपालिका वडा नं.३ र ४ स्थित दश कट्ठा खेतमा अवैध रूपमा लगाएको गाँजाका बोटहरू प्रहरीले फाडेको डिएसपी थापाले बताउनुभयो । पछिल्लो समय पर्साको ग्रामीण भेगमा गाँजा खेती गर्नेको होडबाजी नै चलेको छ ।


सम्बन्धित समाचार