Logo

१५ मंसिर,वीरगञ्ज । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको आज हुने खेलमा वीरगन्ज युनाइटेड एफसी र चितवन एफसी भिडने भएका छन ।

दुबै टोलि आज साढे ५ बजे दशरथ रंगशालामा प्रतिस्पर्धा गर्ने लागेका हुन् । गत शुक्रबार देखि सुरु भएको लिगमा वीरगन्ज युनाइटेड एफसी दोस्रो पटक खेल्ने लागेको हो ।

यसअघिको खेलमा वीरगन्ज युनाइटेड एफसी धनगढी एफसी संग पराजित भएको थियो ।

यसपटक इलामसँगै वीरगञ्ज युनाइटेड एफसी र झापा एफसी नयाँ टोली हुन् ।

कुल ४० खेल हुने प्रतियोगितामा काठमाडौं, धनगढी, इलाम, झापा, वीरगन्जसहित एफसी चितवन, बुटवल लुम्बिनी, पोखरा थन्डर्स र ललितपुर सिटी एफसी सहभागी छन् ।


सम्बन्धित समाचार