Logo

१५ मंसिर,वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकाले नियम विपरित आर्थिक लेनदेनमा करार कर्मचारी भर्ना गर्न लागेको भन्दै राजिनितक दलहरुले विरोध गरेका छन् ।

नगरपालिकाले अहिले नियम विपरित करारमा कर्मचारी भर्ना प्रकृया शुरु गरेको प्रति राजनितिक दलहरुले ध्यानाकर्षण भएको जनाएको हो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्षहरूले संयुक्त विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको हो ।

नगरपालिकाले कात्र्तिक ७ र १० गते गरी विभिन्न पदमा दुई छुटाछुटै करार कर्मचारी भर्ना सम्बन्धी सुचना जारी गरेको छ । समावेशी सिद्धान्त विपरीत मौखिक अन्तरवार्ताबाट मात्रै आफ्ना नजिकको व्यक्तिलाई आर्थिक लेनदेनको भरमा कर्मचारी भर्ना गरि नगरपालिकाको थप आर्थिक भार थेग्न नसकिने अवस्थामा पुर्‍याउन सुनियोजित तरिकाले कर्मचारी भर्ना प्रकृया शुरु भएको विज्ञप्तीमा उल्लेख छ ।

उक्त कर्मचारी भर्ना प्रकृया अबिलम्ब बन्द गर्न विज्ञप्ति मार्फत माग गरेका छन् । हाल सम्म नगरपालिकामा अस्थायी, स्थायी, करार र ज्यालादारी कर्मचारीहरुको समेत संख्या सार्वजनिक गरी आवश्यक जनशक्ति मात्र पदपूर्तिको लागी नियम संगत नँया सूचना प्रकाशित गर्न विज्ञप्तिमार्फत माग गरिएको छ ।

एक हप्ता भित्र माग गरिएको काम कारवाही नगरे चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरिने विज्ञप्ति मार्फत चेतावनी समेत दिइएको छ । जारी विज्ञप्तिमा नेपाली काँग्रेस, जसपा, नेकपा माओवादी केन्द्र, रास्वपा लगायतका पदाधिकारीले सामुहिक हस्ताक्षर गरेका छन् ।


सम्बन्धित समाचार