Logo

फाईल फोटो

१५ मंसिर,पर्सागढि । मकवानपुर र धादिङ जिल्लामा उत्पादित गाँजा, चरेस अहिले पर्सा जिल्लाको जनता सडक भएर भारत पु¥याइने गरेको खुलासा भएको छ ।

जनता सडक भएर अहिले गाँजा, चरेसको कारोबार अत्याधिक मात्रामा बढेको पाइएको हो । जङ्गल बाटोबाट निकुञ्जमा खट्ने सेनासमेतको मिलेमतोमा गाँजा, चरेस तस्करी हुँदै आएपछि निकुञ्जमा सिसिटिभी क्यामरा जडान गरिएको हो ।

क्यामरा जडान पछि भने जङ्गलको बाटो भएर गाँजा र चरेसको तस्करी नियन्त्रण भएपछि तस्करहरूले जीतपुर भएर पर्सा जिल्लाका विभिन्न स्थानहरूमा पु¥याउने र त्यहाँबाट खुला सीमाको फाइदा उठाउँदै भारतसम्म पु¥याउने गरेको पाइएको छ ।

कर्मचारीहरुको मिलेमतोविना लागुऔषध कारोबारीहरूले जोखिमपूर्ण यस्ता कार्य नगर्ने जानकारको भनाइ छ । स्रोतका अनुसार पर्सा जिल्लाबाहेक अहिले पूर्वका जिल्लाहरूबाट पनि गाँजा, चरेसहरू भारत पु¥याउने गरिन्छ ।

अहिले पर्सा जिल्लामा मुख्यरूपमा बाराको जीतपुर बजार भएर अटोको माध्यमबाट गाँजा, चरेस भित्रिरहेको छ । जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले यस विषयलाई स्विकार गर्नुभएको छ ।

अधिकांश घटना सोही सडकखण्डमा भएको उहाँले जानकारी दिनुभयो । मकवानपुर धादिङबाट आएका गाँजा, चरेस सूचनाको आधारमा बरामद हुने गरेको डिएसपी थापाले बताउनुभयो ।

उहाँले पर्सा प्रहरी लागूऔषधको कारोबार रोकथाम, नियन्त्रणमा सक्रिय रहेको दाबी गर्नुभएको छ । सूचनाकै आधारमा प्रहरी पर्साका विभिन्न जिल्लामा लगाइएको गाँजा खेती फडानी गर्न अहिले सक्रिय बनेको डिएसपी थापाले बताउनुभयो ।

 


सम्बन्धित समाचार