Logo

१५ मंसिर,काठमाडौं। आइसीसी क्रिकेट वर्ल्ड कपअन्तर्गत लिग– २ को पहिलो सिरिज नेपालमा हुने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले फेब्रुअरीमा नेपाल, नेदरल्यान्ड्स र नामिबिया सम्मिलित सिरिज काठमाडौँमा हुने जानकारी दिएको हो।

नेपालले फेब्रुअरी १७ बाट सुरू हुने सिरिजमा नेपालले नेदरल्यान्ड्स र नामिबियासँग दुई–दुई खेल खेल्ने भएको हो।

यसअघि लिग –२ को खेलमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै विश्वकप क्वालिफार्यस खेलेको थियो।

सन् २०२७ सम्म चल्ने लिग– २ मा नेपालसहित युएई, ओमान, स्कटल्यान्ड, नेदरल्यान्ड्स, नामिबिया, अमेरिका र क्यानडा खेल्दै छन्।


सम्बन्धित समाचार