![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/12/1701426861.jpg?fit=1024%2C768&ssl=1)
१५ मंसिर,काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी थुनामै रहने भएका छन् ।
उच्च अदालत पाटनले रायमाझीससहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको हो ।
न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पालगायतलाई थुनामा राख्ने यसअघि काठमाडौँ जिल्ला अदालतको आदेशलाई सदर गरेको हो ।
नेता टेकनाथ रिजाल र पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई धरौटीमा छाड्न आदेश दिएको छ । अदालतले टेकनाथ रिजाललाई १५ लाख र सन्दीपलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
काठमाण्डौ जिल्ला अदालतले गएको असार १ गते गरेको थुनछेकको आदेशलाई बेरितको भन्दै उक्त आदेश बदर गरी सामान्य तारिखमा मुद्दामा पुर्पक्ष गरिपाउँ भनेर प्रतिवादीका तर्फबाट उच्च अदालतमा दिइएको निवेदनमा गएको मङ्गलवारदेखि नियमित सुनुवाइ जारी थियो ।
सुनुवाइ हिजो सकिए पनि फैसला आज मात्रै आएको हो ।