Logo

१५ मंसिर,वीरगञ्ज । वीरगञ्जका क्रियाशिल पत्रकार स्वर्गीय नरेश सर्राफको प्रथम स्मृति सभा सम्पन्न भएको छ ।

समाजवादी प्रेस संगठन पर्सा, रेडियो वीरगञ्ज र राष्ट्रिय सहारा दैनिकले संयुक्त रुपमा आयोजना गरेको स्मृति सभा रेडियो वीररगञ्ज परिसरमा सम्पन्न भएको हो ।

सभालाई सम्वोधन गर्दै वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले स्वर्गीय नरेश सर्राफको नाम जीवन्त राख्न सहयोग गर्न सदैव तत्पर रहेको जानकारी दिनुभयो ।

मेयर सिंहले वर्षमा एक दिन मात्र नभई दुई/तीन पटक भएपनि विभिन्न कार्यक्रमको आयोजना गरि स्वर्गीय सर्राफको नाम जीवन्त राख्न र उहाँले पु¥र्याएको योगदानको चर्चा गर्नुपर्नेमा जोड दिनुभयो ।

समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज पटेलले स्वर्गिय नरेश सर्राफको सम्झनामा विभिन्न कार्यक्रमको आयोजनाका लागि नरेश सर्राफ स्मृति प्रतिष्ठान गठन गरिने बताउनुभयो ।

उहाँले सोही प्रतिष्ठानले अबदेखि प्रत्येक वार्षिकीको अवसरमा स्मृति सभासहितको विभिन्न कार्यक्रम गर्नुको साथै स्वर्गीय नरेश सर्राफ पत्रकार पुरस्कार समेत वितरण गर्ने उल्लेख गर्नुभयो ।

एकीकृत समाजवादीका वीरगंज महानगर अध्यक्ष मनोज चौधरीले स्वर्गीय नरेश सर्राफको नाम जीवन्त राख्न गठन हुने प्रतिष्ठानलाई ५० हजार रुपैँया सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

राष्ट्रिय सहारा दैनिकका प्रकाशक चन्द्रभुषण साहको अध्यक्षतामा भएको सभामा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेकपा एमाले पर्साका संयोजक डा.विश्वम्भर कुमार शर्मा लगायतको उपस्थिती थियो ।

नेपाल पत्रकार महासंघ पर्सा र समाजवादी प्रेस संगठन पर्साका कार्य समिति सदस्य समेत रहेका पत्रकार सर्राफको ०७९ साल मंसिर १५ गते हृदयघातबाट निधन भएको थियो । उहाँको श्रीमती र एक छोरी छन् ।


सम्बन्धित समाचार