Logo

१५ मंसिर, वीरगन्ज । नेकपा माओवादी केन्द्र मधेस प्रदेशमा आईसीटी फोरम गठन गरिएको छ । पार्टीको गतिविधि र पार्टीले लिएको नीतिलाई जनस्तरसम्म पुर्याउनका लागि पार्टीले प्रचार तथा प्रकाशन विभाग र आईसीटी फोरम गठन गर्ने निर्ण अनुसार मधेस प्रदेशमा पनि आईसीटी फोरम गठन गरेको हो ।

सर्लाहीको बागमती नगरपालिकामा आज भएको भेलाले भूपेन्द्र यादवको संयोजकत्वमा २१ सदस्यीय आईसीटी फोरम मधेस प्रदेश गठन गरिएको छ । समितिमा शिवनाथ यादव (पर्सा), अशेष ढुंगाना, राकेश चौधरी (बारा), रुपेश यादव र चेत बोलखे (रौतहट), सर्मिला रमौली, सलिना मगर, राजेश थापा, एस टेक र नविन यादव (सर्लाही), सुनिता बराल (महोत्तरी) सदस्यमा चयन भएका छन् ।
त्यस्तै धनुषाबाट शैलेन्द्र महतो, जयप्रकाश मण्डल, विवेक परियार, आशानन्द यादव (सिराहा), गजेन्द्र यादव र बषन्त यादव सप्तरी सदस्य रहेका छन् ।

भेलाको उदघाटन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य, प्रचार तथा प्रकाशन विभागका सचिव एवं आईसीटी फोरमका अध्यक्ष गोविन्द आचार्यले पार्टीको काम कारवाही र गतिविधिहरुलाई जनस्तरसम्म पुग्न नसक्दा माओवादीले गरेका राम्रै काम जनताको विचमा जान नसक्दा विश्वास जित्न नसकेकोले पार्टीका सकारात्मक कामहरुलाई जनताको मनमनमा पुग्नेगरी काम गर्न आईसीटी फोरमको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

उहाँले नेकपा माओवादीको नेतृत्वमा सुशासन लगायत महत्वपूर्ण भएका काम समेत स्थानीय रुपमा जनताको विचमा लैजान नसक्दा माओवादी पार्टीले गरेको राम्रा कामको जस समेत अरुले लिन थालेको बताउनु भयो ।

बषौं सम्म घाटामा गएका विद्युत प्राधिकरण, आयल निगम र नेपाल एयरलायन्सलाई ऋण मुक्त गराउन सरकार सफल भएको भन्दै सचिव आचार्यले जनतामा निराशा जगाउने गरी भइरहेका कुप्रचारको प्रचार मोर्चाबाट भण्डाफोर गनुपर्ने बताउनु भयो ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा माओवादी रुपान्तारण अभियानका महोत्तरी संयोजक अच्युतम काप्mलेले सामान्तवादलाई समाप्त पारेपनि वर्गीय समान्तीहरुले अझै टाउको उठाउन काम गरिरहेकोले त्यसलाई परास्त गर्न जरुरी रहेको बताउनुभयो ।

प्रचार तथा प्रकाशन विभागका केन्द्रीय सदस्य तथा मधेस प्रदेश प्रमुख गोविन्द देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा मधेस प्रदेशका ८ वटै जिल्लाका प्रचार तथा प्रकाशन विभाग सदस्यहरुले पार्टीको जिल्लाका नेतृत्व तहले अझै पनि जनवर्गीय संगठनहरुलाई बेवास्ता गर्ने गरेको र पार्टी संगठन भन्दा नेताप्रति बढी केन्द्रीत हुँदा माओवादी झन कमजोर हुदै गएकोले यसमा नेतृत्वले विचार गर्नुपर्ने धारणा राखेका थिए ।


सम्बन्धित समाचार