Logo

१६ मंसिर,वीरगञ्ज । म्याद गुज्रिएका मनोज ग्यास नष्ट गर्न थालिएको छ । वीरगञ्ज महानगरपालिकास्थित मनोज ग्यास उद्योगले म्याद गुज्रिएका सिलिन्डर नष्ट पार्न थालेको हो ।

सिलिन्डरको हाइड्रोलिक परीक्षण गरी म्याद गुज्रेको सिलिन्डर नष्ट गर्न सुरु गरिएको मनोज ग्यासका सञ्चालक मनोजकुमार दासले जनाए । विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको रोहवरमा जगदम्बा स्टिल प्रालिको सहयोगमा नष्ट गरिएको उनले बताए ।

पहिलो चरणमा एक हजार २७ वटा सिलिन्डर म्याद गुज्रिएर गुणस्तहिन पाइएकाले नष्ट गरिएको हो । निर्माण भएको १० वर्षमा हाइड्रोलिक परीक्षण गर्नुपर्ने र सो क्रममा गुणस्तरहीन देखिने सिलिन्डर नष्ट गर्नुपर्ने व्यवस्था बमोजिम उक्त कार्य गरिएको सञ्चालक दासले बताए ।

पहिलो चरणमा ६४८१७४ टी, २०९३ टी, ५५२६८ टी, ३९४६५२ एपिएल, ३९४६५२ टी र १८२३ टी सिरियल नम्बर भएको सिलिन्डरहरू नष्ट गरिएको मनोज ग्यासका सञ्चालक दासले बताए ।


सम्बन्धित समाचार