Logo

१७ मंसिर,जनकपुर । धनुषाको सबैलामा एक युवतीको शंकाष्पद मृत्यु भएको छ ।

जिल्लाको सबैला गाउँपालिका वडा नम्बर २ बस्ने २५ वर्षिया पूजा शाहको शंकास्पद मृत्यु भएको हो ।पूजाको घाँटीमा चोटपटक लागेको अवस्थामा प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको छ ।

उपचारको लागि ल्याउने क्रममा उनको बाटोमा नै मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।प्रादेशिक अस्पताल जनकपुरमा पोस्टमार्टमका लागि शव राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रञ्जा अवाले पुजाको मृत्युबारे अनुसन्धान थालिएको बताए । उनले पोस्टमार्टमको रिपोर्ट नआउञ्जेलसम्म घटनाबारे भन्न सक्ने अवस्था नरहेको बताए ।
पुजा स्थानीय गंगाराम साहकी श्रीमती थिइन् ।

 


सम्बन्धित समाचार