Logo

१८ मंसिर, जनकपुर ।  धनुषाको नगराइन नगरपालिकाले आज शोक विदा घोषणा गरेको छ ।

आइतबार नगराइन नगरपालिका वडा नम्बर १ स्थित राष्ट्रिय आधारभूत विद्यालय खड्काका शिक्षक दिपक कुमार झाको असमायिक निधन भएपछि उनको शोकमा आज नगराईन नगरपालिकाले विदाको घोषणा गरेको हो ।

शिक्षक झाको निधनप्रति श्रद्धाजली एवं शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्दै नगराईन नगरपालिकाको कार्यालय, यस कार्यालय मातहतका कार्यालयहरु, शैक्षिक संस्थालगायत अन्य संस्थाहरुमा शोक विदा रहेको नगराईन नगरपालिकाका निमित्त कार्यालय प्रमुख गंगाराम यादवले जानकारी दिए ।


सम्बन्धित समाचार