Logo

१८ मंसिर, वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा लागुऔषधको प्रयोग बढ्दै गएको पाइएको बताएका छन् ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले राखेको लागुऔषध सम्बन्धी ‘एन्टी ड्रग क्याम्पेन’ (एडीसी) कार्यक्रमको समुदघाट गर्दै मुख्यमन्त्री यादवले यस्तो उल्लेख गरेका हुन् । उनी भन्छन्,‘प्रदेशभरि अहिले लागुऔषधको गैरकानुनी प्रयोग बढ्दै छ, त्यसकारण यसको रोकथामका लागि समुदायस्तरमै जागरण अभियान चलाउनुपर्छ ।

किनभने यही अभियानले यो रोकथाम हुने सम्भावना छ ।’ यसको साथै अहिले सबै अभिभावकहरु आफ्ना बालबच्चामाथि निगरानी बढाउन पनि जरुरी रहेको मुख्यमन्त्री यादवको भनाइ छ ।

दुव्र्यसनबारे समयमै सबैलाई सचेत गराउन सके धेरै समस्या समाधान हुने उनको बुझाइ छ । मधेस प्रदेशका आठवटै जिल्लामा ‘लागूऔषधविरुद्धको अभियान’ सुरु गरिएको छ ।

प्रदेशका जिल्लाहरुमा लागूऔषधबारे चेतना फैलाउने उद्देश्यले अभियानको थालनी गरिएको मधेश प्रदेश प्रहरी प्रमुख जनक भट्टराइको धारणा छ ।

गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समीमले लागूऔषधले युवाहरुको भविष्य अन्धकारमय बनाउने बताउँदै त्यसविरुद्ध सबै पक्ष एकजुट हुनुपर्नेमा सुझाव दिएका थिए ।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले प्रदेशको आठवटै जिल्लामा लागुऔषधको कुलतमा लागेका युवालाई मनोपरामर्श दिने, दुव्र्यसनका सम्भावित कारण र परिणामबारे चेतना दिने लगायतका कार्यक्रम गरिने प्रदेश प्रहरीको तयारी रहेको जनाए ।


सम्बन्धित समाचार