Logo

१८ मंसिर, वीरगञ्ज ।  पर्सा प्रहरीले प्रतिबन्धित लागुऔषधसहित तिनजनालाई पक्राउ गरेको छ ।

वीरगञ्जको रजतजयन्ती चोकबाट लागुऔषध खैरो हेरोइन र नाइट्राजेपाम सहित तीन जना पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा हेटौडा उपमहानगरपालिका वडा नम्बर–१ बस्ने २४ वर्ष समिप श्रेष्ठ, सोही स्थान बस्ने २८ वर्ष सुवास पौडेल र वडा नं १४ मयुरधाप बस्ने २८ वषिर्य साजन पौडेल रहेका छन् । लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पर्सा र कार्यालय मातहत प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको संयुक्त टोलीले भारतबाट वीरगञ्ज भित्रिने सवारी साधन तथा पैदल यात्रीहरूलाई चेकजाँच गरेको थियो ।

सोही क्रममा ना.३० प ७७४६ नम्बरको स्कुटरलाई रोकेर चेकजाँच गर्दा समिप र सुवासको साथबाट लुकाइछिपाई राखिएको अवस्थामा लागुऔषध बरामद भएको थियो । उनीहरुको साथबाट क्रमशः खैरो हिरोइन जस्तो देखिने सेतो पदार्थ ०.६२० मिलीग्राम÷०.६२० मिलीग्राम फेला पारेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमारबिक्रम थापाले जनाए ।

यस्तै हेटौडा–१४ मयूरधापका साजनको साथबाट पनि प्रहरीले लागुऔषध बरामद गरेको पर्सा प्रहरीले जनाएको छ । साजनको साथबाट लागुऔषध नाईट्राजेपाम नाइजा एक्यान ७० ट्याब्लेट फेला पारेको डिएसपी थापाले बताए ।

पक्राउ परेका तिनैजनालाई नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।


सम्बन्धित समाचार