Logo

१९ मंसिर,वीरगञ्ज । जनकपुर उडेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सवार बुद्ध एयरको जहाज पुनः काठमाडौंमा फिर्ता भएको छ ।
जनकपुर विमानस्थलमा अवतरण गर्न नसकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा फिर्ता भएको हो । आज बिहान ८ः३५ मा त्रिभुवन विमानस्थलबाट उडेको जहाज मौसम खराबका कारण जनकपुर विमानस्थलमा अवतरण गर्न नसकेपछि काठमाडौंमा फिर्ता भएको स्रोत बताउँछ ।
स्रोतका अनुसार आज बिहान ८ः३५ मा प्रधानमन्त्री बुद्ध एयरको जहाज उडेका थिए । जनकपुरमा भिजिबिलिटी कम भएपछि काठमाडौं फिर्ता भएर ९ः४८ बजे उक्त जहाज अवतरण भएको विमानस्थलले जनाएको छ ।
काठमाडौं फिर्ता भएका प्रधानमन्त्री दाहाल भने नेपाली सेनाको हेलिकप्टर चढेर बर्दिबासतर्फ उडेका थिए ।


सम्बन्धित समाचार