Logo

१९ मंसिर,काठमाडौँ । नेकपा (एमाले) को विद्यार्थी सङ्गठन अनेरास्ववियुले आज एनसेल कार्यालय अगाडि विरोध प्रदर्शन गरेको छ।

एनसेलको शेयर खरिदबिक्रीमा चलखेल भएको भन्दै अनेरास्ववियुले लैनचौरस्थित एनसेल कार्यालयमा प्रदर्शन गरेको हो।

प्रदर्शनमा सहभागीहरूले एनसेल बाइकट भन्दै सीमकार्ड समेत जलाएका छन्। माफिया पोस्ने गठबन्धन सरकार मुर्दावाद, विवादास्पद एनसेल शेयर विक्रीको छानबिन गर जस्ता नारा लेखिएका प्ले कार्ड उनीहरूले बोकेका छन् ।

एनसेलको ८० प्रतिशत शेयर नेपाल बाहिरै बिक्री भएको थियो। अहिले सो विषय चौतर्फी रूपमा विवादित बनेको छ ।


सम्बन्धित समाचार