Logo

१९ मंसिर,वीरगञ्ज । प्रधानमन्त्री पुष्पकल दाहाल (प्रचण्ड) आज मधेश प्रदेशमा झरेका छन् । नेकपा माओवादी केन्द्रले राखेको मधेश प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागीता जनाउन महोत्तरीको गौशालामा आइपुगेका हुन् ।

प्रशिक्षण कार्यक्रममा मधेशको आठवटै जिल्लाबाट १५ सय भन्दा बढी नेता कार्यकर्ताको सहभागी हुने माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले जनाए ।

पार्टीको ‘जनतासंग माओवादी’ तीनमहिने विशेष रुपान्तरण अभियान पार्टीको आन्तरिक रणनीति लगायतको विषयमा प्रशिक्षण दिन लागिएको मधेश प्रदेश संसदीय दलका नेता साहले बताए ।


सम्बन्धित समाचार