Logo

१९ मंसिर,वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशको कार्यकारिणी समितिले पर्सा जिल्लामा देखिएको विवाद सुल्झाएको छ ।

जसपा मधेश प्रदेश कार्यकारिणी समितिको लगातार बसेको बैठकले पर्सा र सप्तरीमा गठन भएको सामानान्तर जिल्ला समितिको निर्णयलाई उल्टाउँदै पुरानै समितिलाई आधिकारिताको निर्णय गरेको छ ।

कार्यकारिणी समिति मधेश प्रदेशको यही १३ र १७ गते बसेको बैठकले पर्साको जिल्ला अध्यक्ष रामनरेश यादव र सप्तरीको केदार प्रसाद यादव नेतृत्वको समितिलाई वैधानिकता दिएको निर्णय गरेको छ ।

जसपा मधेश प्रदेश कार्यकारिणी समितिका अध्यक्ष रामबाबु यादवको अध्यक्षतामा बसेको बैठकले योसहित ३ बुँदै निर्णय गरेको जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तीको पहिलो निर्णयमा भनिएको छ,‘पर्सा र सप्तरी जिल्लामा पार्टीका केही नेताहरुको प्रत्यक्ष संलग्नता पार्टी विधानविपरीत समानान्तर समिति गठन गरिएको छ, सप्तरीमा केदार प्रसाद यादव र पर्सामा रामनरेश यादव अध्यक्ष रहेको समितिबाहेकका अन्यथा पुर्वाग्रही र विधानविपरीत गठित समितिहरु भ्रम छर्ने काम मात्रै गरेको । त्यसकारण यो कथित समानान्तर समितिको गतिविधिमा नलाग्न आग्रह छ ।’

यसैगरी दोस्रो निर्णयमा यी दुबै जिल्लाका नेता कार्यकर्ताहरुको मनोभावना बुझी विधानको अधीनमा रही पार्टीको काम कर्तव्य गराउँन आग्रह तथा विद्यमान समस्याहरुको छलफल गर्न मधेश प्रदेश समितिका अध्यक्ष रामबाबु यादवको संयोजकत्वमा कार्यदल गरिएको उल्लेख छ ।

पार्टीभित्र आन्तरिक विवाद चुलिदै गएपछि पर्सामा १० असोजमा सिंघासन साहको नेतृत्वमा अर्को समानान्तर समिति गठन भएको थियो ।
मधेश प्रदेश समितिको बिना रोहबर नै तेलीको नेतृत्वमा समानान्तर समिति गठन भएको थियो । जसपा सांसद प्रदीप यादवले तेलीको नेतृत्वमा जिल्लामा समानान्तर समिति गठन गराएका थिए ।

जिल्लामा समानान्तर समिति गठन भएपछि तेलीको समूहमा सांसद यादव, महानगरका मेयर राजेशमान सिंहसहितका नेताहरुको समर्थन थियो भने अध्यक्ष रामनरेशको पक्षमा पूर्वमुख्यमन्त्री लालबाबु राउत, मन्त्री सिंघासन साहसहितका नेता कार्यकर्ताहरुको समर्थन थियो ।


सम्बन्धित समाचार