Logo

२० मंसिर, काठमाडौं ।उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको एञ्जियोग्राफी गरिएको छ ।

मंगलबार बेलुकी छातीमा असहज महशुस भएपछि नियमित स्वास्थ परिक्षणको क्रममा शहिद गंगालाल हृदय केन्द्रमा एञ्जिओग्राम गरी देब्रे नसाको (left Anterior Descending Coronary Artery) को Angioplasty गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

यसअघि करिब ७ हप्ता अघि चिन भ्रमणको क्रममा उहॉंको left circumflex artery मा Angioplasty गरिएको थियो । उहॉंको स्वास्थ अवस्था स्थिर रहेको जनाएको छ ।

गृहमन्त्रालयको स्वास्थ्य अवस्थाको बारेमा गृहमन्त्रालयले पनि विज्ञप्ति जारी गरेर जानकारी दिएको छ । मन्त्री श्रेष्ठको सघन उपचार कक्ष (आईसीयु) मा उपचार भईरहेको छ ।


सम्बन्धित समाचार