![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/12/385526148_1586109328878322_8815096351565650101_n.jpg?fit=2040%2C1530&ssl=1)
२० मंसिर,वीरगञ्ज । राष्ट्र, राष्ट्रियता, धर्म, सस्ँकृती र नागरिक बचाउ अभियान अन्तर्गत आज पर्साको पर्सागढीमा र्याली निकालिएको छ ।
नगरपालिकाको वडा नं. १ को मनवा बजारबाट निस्केको ¥याली पर्सागढि नगरपालिका वडा नं. ३ बडनिहार बजारमा कोण सभा भई सम्पन्न भएको हो ।
अभियानका पर्सा जिल्ला संयोजक राजेन्द्र परियारको नेतृत्वमा कोण सभाको आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै उहाँले विभिन्न लघुबित्त तथा बैंकहरुले गाउँघरका सोझा महिलालाई गोलिया बनाई चर्को ब्याजदरमा ऋण दिई शोषण गरेको जानकारी दिनुभयो ।
अहिले ऋण तिर्न नसकेर घर न घाटको अवस्थामा उनीहरु पुगेको संयोजक परियारको भनाइ छ । सरकारले २० लाख सम्मको ऋण मिनाहा गर्नुपर्ने उहाँको धारणा छ ।
यस्तै अभियानका नवराज दुलाललेले सम्पुर्ण लघुवित्त तथा बैंक सहकारीहरु सरकारीकरण गर्नुपर्ने बताउनुभयो । लघुवित्तहरु गाउँघरमा पसेर स्थानीयलाई सुकुम्बासी बनाएको र ऋणको नाममा महिलामाथि अन्याय गरेको आरोप उहाँले लगाउनुभयो ।
र्यालीमा लघुवित्त खारेज गर, २० लाख सम्मको ऋण मिनाहा गर, फटाहा गर्भनर राजिनामा दे लगायतका नारा लगाइएको थियो ।