Logo

फाइल तस्बिर

२१ मंसिर,वीरगञ्ज । स्रोत नखुलेको ५ लाख रकमसहित वीरगञ्जबाट एकजना पक्राउ परेका छन् ।

वीरगञ्जको रजतजयन्ती चोकबाट एकजनालाई स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चेकजाँचको क्रममा उनलाई ५ लाखसहित पक्राउ गरिएको प्रहरी स्रोतको भनाइ छ । पक्राउ परेका व्यक्तिमाथि आवश्यक अनुसन्धान भईरहेकाले नाम र ठेगाना खुलाउन नमिल्ने स्रोतले जनाएको छ ।

पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार