Logo

२१ मंसिर,वीरगञ्ज । पर्सा प्रहरीले अवैध रुपले भारतबाट नेपाल भित्राइएको ६ हजार २ सय कुखुराका चल्लासहित तीनवटा भारतीय नम्बर प्लेटको मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

प्रहरीले पर्साको विन्दवासिनी गाउँपालिका र जगरनाथपुर गाउँपालिकामा गस्ती गर्ने क्रममा उक्त चल्ला सहितको मोटरसाइकल नियन्त्रणमा लिएको हो ।
तस्करहरूले भारतीय कुखुराको चल्लाहरू भन्सार छली चोरी पैठारी गरी भारतबाट नेपालतर्फ ल्याउदै गरेको सूचनाको आधारमा गस्ती गरेको थियो ।

सोही क्रममा विन्दवासिनी ४ झोवास्थित बिआर ०५ जेड ७७६५ नम्बरको मोटरसाइकलमा वीरगञ्जतर्फ ल्याउदैँ गरेको अवस्थामा २ हजार कुखुराका चल्ला नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यसैगरि वीरगञ्ज–२२ जगरनाथपुरमा बिआर ०५ बी २८८१ र बिआर ०५ ड्ब्लु ८३८१ नम्बरको भारतिय नम्बरको मोटरसाइकलमा लोड गरि ल्याउदैँ गरेको ४ हजार २ सय कुखुराको चल्ला नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी कुमारबिक्रम थापाले जनाए ।

प्रहरीलाई देख्नासाथ तस्कर भने चल्ला छाडेर फरार भएका उनले बताए । नियन्त्रणमा लिइएका मोटरसाइकलको मूल्यांकन १ लाख ९२ हजार कायम गरिएको छ । कुखुराका चल्ला र मोटरसाइकललाई आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार बुझाइएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार