Logo

फाइल तस्बिर

२२ मंसिर, काठमाडौं । उपत्यका प्रहरीले काठमाडौंको नागढुंगाबाट दुई किलो सुन बरामद गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंले नागढुंगबाट दुई किलो सुन बरामद गरेको प्रहरी स्रोतले बतायो ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बिहीबार राति विशेष सुराकीको आधारमा करिब १४ किलो सुन बरामद गरेको थियो।

बिहीबार राति ११.४० बजे फ्लाई दुबईको उडान नं. एफजेड ५७३ बाट आएका राहदानी नं. पीए ०१४५४८८ भएका नेपाली नागरिक चन्द्र घलेको साथबाट उक्त परिमाणको सुन बरामद गरिएको थियो।


सम्बन्धित समाचार