Logo

२२ मंसिर,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमको संयोजकत्वमा गठित अनुगमन समितिले वीरगञ्जका विभिन्न मदिरा फर्महरुमा अनुगमन गरेको छ ।

खाद्य अनुसन्धान अधिकृत बिपिन कुमार दासको नेतृत्वमा खटिएको टोलिले बिहिवार र शुक्रबार गरि २ दिन महानगरका विभिन्न ठाँउमा रहेका मदिरा फर्महरुमा अनुगमन गरेको हो ।

अनुगमनको क्रममा अधिकांस मदिरा व्यवसाय गर्ने फर्महरु महानगरमा ब्यबसाय दर्ता नगरी सन्चालन गरिएको भेटिएको छ । बिना दर्ता व्यवसाय सन्चालन गर्ने मदिरा व्यवसायीहरुलाई सातदिनभित्र महानगरमा व्यवसाय दर्ता गर्न चेतावनी सहितको पत्र काटिएको बिपिन कुमार दासले बताउनुभयो ।

अनुगमनकै क्रममा बजारमा म्याद गुज्रिएका बड्बाइजर वियर, नेपाल आइस लगायतका वियरहरु नष्ट गरिएको होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले बताउनुभयो ।

उहाँले महानगरमा व्यवसाय दर्ता नभएका होटल तथा मदिरा व्यवसायीहरुलाइ संघले पनि महनगरमा दर्ता गराउन छुट्टै सर्कुलर जारी गरिने जानकारी दिनुभयो ।


सम्बन्धित समाचार